FAQs Complain Problems

तातोपानी गाउँपालिकाकाे संक्षिप्त परिचय

तातोपानी गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको कर्णाली प्रदेश जुम्ला जिल्लामा पर्ने तातोपानी गाउँपालिकामा साविकका तातोपानी , लाम्रा, ताम्ती र हाँकु गरी ४ गा.वि.स.हरु समावेश भएका छन्। ५२५.५१ वर्ग कि.मि. क्षेत्रफलमा रहेको यस तातोपानी गाउँपालिकाको जनसंख्या २०६८ को जनगणना अनुसार १४६३८ र गाउँ बस्तुगत विबरण २०७४ अनुसार जनसख्या १७८३४ कुल घरपरिवार ३११६ रहेको छ। यस गाउँपालिकाको पूर्वमा चन्दननाथ नगरपालिका पश्चिममा तिला गाउँपालिका , उत्तरमा सिंजागाउँपालिका तथा दक्षिणमा जाजरकोट जिल्ला रहेका छन्। ८ वटा वडा कार्यालयहरु रहेको यस तातोपानी गाउँपालिकाको केन्द्र साविक तातोपानी गा.वि.स.को अस्थाई कार्यालय लिताकोटमा तोकिएको छ।

स्थानीय तहको  दोस्नो निर्वाचन - २०७९ बैसाख ३0 गते सम्पन्न भएपछि जन निर्वाचित प्रतिनिधिहरूले पद तथा गोपिनियताको सपथ लिएर पदभार ग्रहण गरिसक्नु भएको छ ।   ८ वटै वडा कार्यालयहरु स्थापना भई वडाध्यक्ष तथा वडासचिवले जनताको घरनजिकबाट सेवा प्रवाह गरिरहनु भएको छ।